शिताङ्ग
Loading...
Authors
Practical Action Nepal Office
Practical Action Nepal Office
Issue Date
2012
Type
Language
ne
Keywords
Agriculture
Alternative Title
Milk Fever
Abstract
यो दुधालु गाईभैंसीलाई लाग्ने रोग हो । साधारणतया यस रोगको नामले जनमानसमा गाई वस्तुलाई ज्वरो आउने जस्तो अर्थमा लिएको पाईन्छ तर यो रोगमा दूध दिने पशुहरुको शारिरीक तापक्रम सामान्य तापक्रम भन्दा कम हुन गई पशुको शरीर चिसो भन्दा चिसो हुन जान्छ । यो रोग गाईभैंसी व्याएपछि तुरुन्तै वा केहिदिन पछिसम्म पनि लाग्नसक्छ । गाईभैंसीको शरीरमा क्याल्सियमको कमीबाट यो रोग लाग्छ । यो रोग जुनसुकै उमेरका पशुलाई लाग्न सक्ने भए पनि तेस्रोदेखि पाँचौं बेतसम्मका जनावहरुमा धेरै लागेको पाईन्छ । यो रोगबाट प्रभावित गाई, भैंसीका मांशपेशीमा कम्पन हुने, कमजोर हुने , उभिदा खुट्टा लरखराउने, धेरै बेर उभिन नसक्ने, झोक्राउने तथा मुर्छा परी मर्न पनि सक्दछ ।
Description

Citation
Publisher
Practical Action, South Asia